ह्वासङ नेपाली परिवारको दोस्रो अधिबेशन सम्पन्न , अध्यक्षमा कमान सिंह राइ

164

ह्वासङ नेपाली परिवार दक्षिण कोरियाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । अधिवेशनबाट परिवारको अध्यक्षमा कमान सिंह राइको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ l राइ निर्बिरोध रुपमा अध्यक्ष पदमा चयन भएका हुन् l

अधिबेशनबाट बरिष्ठ उपाध्यक्षमा गोबिन्द खनाल, उपाध्यक्षमा बाबुराम बस्नेत, राम श्रेष्ठ, देबेन्द्र श्रेष्ठ, गोबिन्द रार्इ , महासचिवमा मनोज गुरुङ, सचिवमा सुनिता केसि, कोषाध्यक्षमा हरि श्रेष्ठ र सह–कोशाध्यक्षमा दुर्गा पौडेल चयन भएका छन् । सदस्यहरुमा रिक्त रहेको पद समितिको पहिलो बैठकले पूर्णता दिने नव गठित कार्यसमितिले बताएको छ l

गत आइतबार सम्पन्न कार्यक्रममा नेपाली  परिवारका निबर्तमान अध्यक्ष्य बिष्णु चिडी मगरको सभापतित्व तथा नेपाल पत्रकार महासंघ कोरिया शाखाका बरिष्ठ उपाध्यक्ष किशन गौतमको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव मनोज गुरुङले गरेका थिए भने बरिष्ट उपाध्यक्ष गोबिन्द खनालले शुभकामना मन्तब्य ब्याक्त गरेका थिए l परिवारका सल्लाहकार तथा सिन्धुपाल्चोक समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष सञ्जिव भण्डारी तथा सुदुर पश्चिम समाजका पुर्व उपाध्यक्ष दिल बहादुर मडाइले नया कार्यसमितिलाइ बधाइ दिदै ‌सबै सचेत नेपालीलाइ एक हुन र एकले अर्कालाइ सहयोगी गरेर अघि बढ्न सुझाव दिएका छन् ।
दक्षिण कोरियाको ह्वासंङ क्षेत्रमा रहेका नेपालेहरुलाई समेट्नेगरि स्थापना गरिएको यस संस्थाले बिगत देखि उल्लेखनीय काम गरेको छ l कोरिया स्थित नेपाली दुतावासको सहकार्यमा जापानमा रहेका मनोरोग बिशेसज्ञ डा. बिजय ज्ञावालीलाइ निमन्त्रणा गरि मानशिक स्वास्थ्य परामर्श कार्यक्रम चलाएको थियो l त्यसैगरी कोरियन प्रहरी तथा स्वयंसेवकको सहकार्यमा साप्ताहिक रुपमा बिभिन्न सरसफाई तथा कृषि उत्पादन क्षेत्रमा समेत यो संस्थाले उल्लेखनीय कार्य गर्दै आइरहेको छ l

प्रतिक्रियाहरू