दक्षिण कोरियाको आत्महत्या दर उच्च स्थानमा ,दैनिक ३६ जनाले गर्छन आत्महत्या

250

दक्षिण कोरियाको आत्माहत्या दर आर्थिक सहयोग तथा विकास संगठन (OECD) का ३८ राष्ट्र मध्ये पहिलो नम्बरमा परेको छ l कोरिया तथ्यांक विभागले प्रकाशित गरेको एक रिपोर्ट अनुसार कोरियाको आत्माहत्या दर OECDका राष्ट्रको औसत दर भन्दा दोब्बर रहेको छ l
तथ्यांक अनुसार गत बर्ष सन् २०२० मा आत्मा हत्या गरि ज्यान गुमाउने को संख्या १३ हजार १ सय ९५ अर्थात औसतमा दैनिक ३६ जना छ l सन् २०१९को तुलनामा भने यो संख्या ४.४ प्रतिशतले कम हो l सन् २०१९ मा मा १३ हजार ७ सय ९९ ले आत्महत्या गरेका थिए l यसरि आत्महत्या गर्नेमा १० देखि ३० बर्षे उमेर समुहका पहिलो नम्बरमा छन् भने त्यो भन्दा माथि क्रमसः दोस्रो र तेस्रो स्थानमा छन् l आत्महत्या गर्नेमा महिला भन्दा पुरुषको संख्या बढी छ l
सन् २०१९को तुलनामा कोरियनको आत्माहत्या दर केहि घटे पनि OECD का ३८ राष्ट्रको आत्माहत्या औसत दरको भने दोब्बर छ l
कोरियनको मृत्युको कारण आत्मा हत्या ५ औ स्थानमा आउछ l पहिलो स्थानमा क्यान्सर दोश्रो नम्बरमा मुटु रोग,तेश्रो स्थानमा निमोनिया, चौथो स्थानमा टाउकोको पक्षघात छ l आत्माहात्या गरि मर्नेको सख्या चिनी रोग ,,कलेजोको रोग,उच्च रक्तचाप,रगत सम्बन्धि रोगले ज्यान गुमाउनेको सख्या भन्दा बढी छ l

प्रतिक्रियाहरू