एसबिआइ कोषमनि रेमिट्यान्सको दसैँ तिहार उपहार

317

एसबिआइ कोषमनि रेमिट्यान्सले नेपाल पैसा पठाएर हरेक हप्ता नगद उपहार जित्न सकिने दशैं तिहार भाग्यशाली उपहार याेजना लिएर आएकाे छ ।

यस याेजना अन्तर्गत हरेक हप्ता ४ जनाले रू.५ हजारका दरले लगातार ८ हप्ता सम्म नगद उपहार जित्न सक्नुहुनेछ । सेप्टेम्बर १७ देखि शुरू भएकाे याे याेजनामा SBI Cosmoney रेमिट्यान्सबाट नेापल पैसा पठाउने पहिलाे हप्ताकाे ४ जना भाग्यशाली विजेता घाेषित भइ नगद समेत प्राप्त गरिसकेकाे रेमिट्यान्सका नेपाल प्रमुख सराेज खड्काले जानकारी दिए ।

साथै सेप्टेम्बर १७ देखि नाेभेम्बर १३ सम्म पैसा पठाउनेहरू मध्येबाट एक जनाले बम्पर उपहार रू.५० हजार नगद समेत जित्न सक्नुहुनेछ । हरेक पटक पैसा पठाउँदा लक्की ड्र मा त्यति नै पटक नाम समावेश हुनेछ । त्यसैगरी दशैं-तिहार उपहार याेजनाकाे कुनै पनि पाेष्ट धेरै भन्दा धेरै पटक फेसबुकमा शेयर गर्नुहुने मध्येबाट ५ जनालाइ हामीले वायरलेस ब्लुटुथ इयरफाेन पनि दिने कम्पनीले जनाएकाे छ । याे याेजनामा सहभागी हुनकाे लागि तपाइले क्यास पिक अप वा बैंक डिपाेजिटमा SBI Cosmoney बाट नेपाल पैसा पठाउने व्यक्तिकाे नाम अटाेमेटिक लक्की ड्र मा समावेश हुन्छ । लक्की ड्रकाे नतिजा हरेक हप्ता रेमिट्यान्सकाे अफिसियल पेजबाट सार्वजनिक गरिने र लक्की ड्रबाट नाम छनाेट चाहि इलेक्ट्राेनिक सिस्टमबाट हुने रेमिट्यान्सका नेपाल प्रमुख खड्काले बताए ।

साथै “सिटी आयो लखपति बनायो” योजनामा SBI Cosmoney मार्फत काेरियाबाट नेपाल पैसा पठाउने ग्राहकहरू पनि समावेश हुने सिटी एक्सप्रेस नेपालका सिनियर म्यानेजर समुद्न श्रेष्ठले जानकारी दिए । यस याेजना अन्तर्गत SBI Cosmoney मार्फत नेपाल पैसा पठाएर मनिता तामाङ्ले रू.१० हजार जिटेकी छन् भने याे याेजना सेप्टेम्बर १७ देखि नाेभेम्बर १६ सम्म (६१ दिनसम्म) हरेक दिन रू.१० हजार जित्न सकिनेछ । र याे याेजना अवधिभर (असोज १ गते देखि कात्तिक ३० गतेसम्म।) लक्की ड्र मार्फत हरेक महिना ५ जनाले जनही १ लाख रुपैयाँ उपहार पाएर २ महिनासम्म १० जना लखपति बन्न सक्ने सिटी एक्सप्रेसका सिनियर म्यानेजर श्रेष्ठले बताए । सन् २०१८ देखि रेमिट्यास सेवा दिइरहेकाे SBI Cosmoney ले ग्राहकहरूलाइ सहज र सुरक्षित तवरले नेपाल पैसा पठाउने सेवा दिइरहेकाे छ । हाल सिटी एक्सप्रेससँगकाे सहकार्यमा नेपालकाे सबै बैंकहरूमा तुरून्तै १० मिनेट भित्र पैसा डिपाेजिट हुने सेवा रहेकाे छ । साथै क्यास पिकअपका लागि नेपालमा १२ हजार भन्दा बढी नगद संकलन केन्द्र रहेकाे छ ।

प्रतिक्रियाहरू