दक्षिण कोरियामा श्रमिकको लागी नयाँ नियम ,कम्पनि परिबर्तन गरेतापनि पुनः आउन पाउने

1117

दक्षिण कोरिया सरकारले बिदेशी श्रमिकको लागी नयाँ नियम ल्याएको छ l यहि अक्टोबर १४ तारिक बाट लागु हुने उक्त नियमानुसार कार्यस्थल परिबर्तन गरेका श्रमिकले यदि कम्पनि मालिकले चाहेको खण्डमा प्रतिबद्व कामदार (कमिटेड वर्कर ) को रुपमा पुनः कोरिया आउन पाउने भएका छन् l यस भन्दा पहिला आफ्नो ४ बर्ष १० महिनाको कार्यकाल एउटै कम्पनीमा बिताएका कामदार मात्र पुनः कोरिया आउन पाउने नियम थियो l

सरकारले केहि महिना पहिला कार्यस्थल परिबर्तन गरेतापनि उस्तै खालको काम गरेमा मात्र प्रतिबद्व कामदारको रुपमा आउन पाउने नियम ल्याएको भएतापनि यसबाट श्रमिकहरु खासै लाभान्वित हुन सकेका थिएन l

श्रम मन्त्रालयको पछिल्लो नियममा केहि शर्तहरु भने तोकिएको छ l जस्तै पहिला जति बटा कार्यस्थल परिबर्तन गरेतापनि प्रतिबद्व कामदारको रुपमा आउन कम्तिमा पनि अन्तिमको १ बर्ष एउटै काम्पनिमा काम गरेको हुनु पर्ने छ l यदि अन्तिमको एक बर्ष एउटै कम्पनीमा काम नगरेको भएता पनि पहिलाको कम्पनिको कारणले कार्यस्थल परिबर्तन गरेको खण्डमा भने पुनः आउन मिल्ने नियममा उल्लेख छ l

उक्त नियम उत्पादनमुलक , कृषि तथा मत्स्यपालन लगाएत सम्पूर्ण क्षेत्रमा लागु हुने पछिल्लो श्रम नियमलाई उदृत गर्दै प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राइले बताए l स्वतन्त्र रुपमा कम्पनि परिबर्तन गर्न पाउनु पर्ने तथा कम्पनि परिबर्तन गरेतापनि कमिटेड कामदारको रुपमा पुनः कोरिया आउन पाउनु पर्ने माग राख्दै कोरियाका श्रमिक युनियनहरु, एमटियु , केसिटियुले निरन्तर रुपमा सरकारलाई दवाव दिदै आएका छन् l

सरकारले ल्याएको पछिल्लो नियमले दक्षिण कोरियामा कार्यरत लाखौ इपिएस श्रमिकहरु लाभान्वित हुने देखिउन्छ l

प्रतिक्रियाहरू