दक्षिण कोरियामा नेपालीहरुद्वारा साझा मन्दिर स्थापना अभियानको उद्घाटन,सहयोगको हार्दिक अपिल

625

कोरियामा क्रियाशिल नेपालीहरुको एकमात्र आध्यात्मिक संस्था सनातन, साहित्य, सङ्गीत, साधना समूह ‘‘पाँच स’’द्वारा नेपालीहरुको महान् पर्व शुभ विजया दशमीको अवसरमा साझा मन्दिर तथा साँस्कृतिक घरको विधिवत् रुपमा उद्घाटन गरिएको छ।

दक्षिण कोरियाको व्यस्त सहर आनसान स्टेसनबाट १० मिनेटको दुरीमा कोरोना मैत्रीपूर्ण वातावरणमा एक कार्यक्रमको आयोजना गरि नेपाली साझा मन्दिर तथा साँस्कृतिक घरको उद्घाटन तथा पुस्तकालयको स्थानान्तरण गरिएको छ।

प्रवासमा रहेर पनि पुर्वीय कला र संस्कृतिको संरक्षण तथा संवर्धन गर्ने उद्देश्यले दक्षिण कोरियामा लामो समयदेखि क्रियाशिल रहँदै आएको संस्था ‘पाँच स’ ले यस अघि पनि आनसानमा नेपाली पुस्तकालय स्थापना गरिसकेको थियो।
विजयादशमी को अवसर पारेर टीका जमरा ग्रहण कार्यक्रम सहित विभिन्न अग्रज व्यक्तिहरुको उपस्थितिमा साझा मन्दिर तथा साँस्कृतिक घर व्यवस्थापन आर्थिक अभियान सुरुवातीको घोषणा पनि गरिएको थियो।
दक्षिण कोरियामा व्यावसायिक रुपमा सोल्टी रेस्टुरेन्ट सन्चालन गर्दै आउनु भएका व्यावसायी तथा सामाजिक व्याक्तित्व श्याम खडकाको विशेष पहलमा पाँच ‘स’ दक्षिण कोरियाले कोरियामै पहिलोपटक साँस्कृतिक घर तथा साझा मन्दिरको स्थापना गरिएको संस्थाका अध्यक्ष प्रेमराज अधिकारीले बताउनुभयो।

संस्थाका अध्यक्ष प्रेमराज अधिकारीको सभापतित्वमा सन्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि एनआरएनए ख्यङ्गी ईन्छन प्रान्तका अध्यक्ष पुरुषोत्तम गौतम,विशिष्ट अतिथिमा सोल्टी होटलका सन्चालक स्याम खडका,सस्थाका प्रमुख संरक्षक एकराज दाहाल,अतिथिमा नेपाल गोरखा परिवार दक्षिण कोरियाका अध्यक्ष नवराज भट्टराई लगायत थुप्रै दिग्गज व्याक्तित्वहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि एनआरएनए ख्यङ्गी ईन्छन प्रान्तका अध्यक्ष पुरुषोत्तम गौतमले प्रवासमा रहेर पनि आफ्नो कला,संस्कृती को संरक्षण मा लाग्नुहुने हरुलाई धन्यबाद व्यक्त गर्नुभएको थियो।कोरियामा साझा मन्दिर स्थापना विल्कुलै नयाँ र पवित्र कार्य भएकोले यो पवित्र काममा आफु र आफ्नो संस्थाले खुलेर सहयोग गर्ने बताउनुभयो। त्यसै गरी
कार्यक्रममा बोल्नुहुदै संस्थाका सल्लाहकार तथा सोल्टी होटलका सन्चालक स्याम खडकाले विजया दशमीको शुभकामना दिँदै साझा मन्दिर तथा साँस्कृतिक घरलाई थप वैधानिकता प्रदान गर्न कोरियाको सरकारी कार्यालयमा दर्ता गर्न पहल गर्ने जानकारी दिनुभयो। ।साथै आफू कोरियामा रहेसम्म स्थापना भएको लाईव्रेरी तथा मन्दिर बन्द हुन नदिने प्रतिबद्दता पनि व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा संस्थाका उपाध्यक्ष गुरुदत्त न्यौपानेले स्वागत मन्तव्य दिदै विगतमा साथ सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि थप सहयोगको अपेक्षा गरेको बताउनुभयो।साथै संस्थाका उपाध्यक्ष तथा साझा मन्दिर व्यवस्थापन का संयोजक कमल भन्डारीले आर्थिक अभियानको विषयमा बोल्नुहुँदै यस पवित्र अभियानमा सबैको साथ सहयोगको खाँचो रहेकोले सबै मिलेर स्थापना गरिएको मन्दिर तथा लाईव्रेरी लाई दृघकालिन बनाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नेपाल गोरखा परिवार दक्षिण कोरियाका अध्यक्ष नवराज भट्टराईले यो पवित्र काममा लाग्नुहुने सबैलाई धन्यवाद तथा शुभकामना व्यक्त गरी आफ्नो व्याक्तिगत तथा संस्थागत सहयोग सदैव रहने प्रतिवद्दता व्यक्त गर्नुभएको थियो।

पाँच स को विगतदेखि वर्तमानसम्मको इतिहास र सङ्घर्ष लगायतका विषयहरुमा वोल्नुहुँदै पाँच स का संरक्षक एकराज दहालले आम कोरियावाशी नेपालीहरुले यो पवित्र अभियानमा साथ दिनेकुरामा विश्वस्त रहेको उल्लेख गर्नुभयो।

सस्थाको विगतदेखि वर्तमान को सङ्घर्ष लगायत अवका चुनौती र यसका उपाएहरुको विषयमा प्रकाश पार्दै सस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति प्रेमराज अधिकारीले मन्दिर तथा लाईव्रेरीलाई दीर्घकालिन रुपमा लैजानको लागि आम नेपालीहरुको साथ सहयोगको अपेक्षा व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो।कार्यक्रमको सन्चालन महासचिव श्याम अर्यालले गर्नुभएको थियो।

औपचारिक कार्यक्रम पश्चात सस्थाका अध्यक्ष प्रेमराज अधिकारी र सस्थाका सल्लाहकार श्याम खडका बाट उपस्थित सम्पुर्णले टिका, जमरा तथा प्रसाद ग्रहण गरेका थिय।कोरोना महामारी का कारण ठुलो उपस्थिति गराउन नसकेका कारण कोरियामा क्रियाशिल सस्थाका व्याक्तिहरु लगायत आम कोरियाबाशी नेपालीहरुलाई सार्वजनिक निमन्त्रणा नगरिएको सस्थाका कोषाध्यक्ष नरेश मेहता ले बताउनुभयो।कार्यक्रमको अन्त्यमा मौलिक नेपाली भजन तथा किर्तनमा उपस्थित सम्पुर्णले नाचगान गर्नुभएको थियो।

मन्दिर तथा लाईव्रेरी व्यवस्थापन का सहयोग गर्न लागी ईच्छुक व्याक्तिहरुले तलको विवरणमा सहयोग गरी नाम टिपाउन सकिने संस्थाका कोषाध्यक्ष नरेश मेहताले बताउनुभयो।

बैङ्क नाम : उरी बैङ्क
नाम : MEHTA NARESH KUMAR
बैक अकाउन्ट नम्बर : 1002-658-678819

प्रतिक्रियाहरू