दक्षिण कोरियामा कोरियन भाषा (टपिक) परिक्षामा चिट चोर्ने २९ जना विदेशी नागरिक समातिए

571

दक्षिण कोरियामा कोरियाली भाषा प्रविणता (टपिक लेबल ) को परिक्षामा चिट चोर्ने २९ जना विदेशी परिक्षार्थी समातिएका छन l

उक्त परिक्षामा ति परिक्षार्थीले प्रतिबन्धित ईलेक्ट्रोनिक ग्याजेट,फोन लगाएतका सामाग्री अन गरी चिट चोर्ने,पर्यवेक्षक को आदेशको अवज्ञा गर्ने जस्ता कृयाकलाप गरेको कारण परिक्षाबाट निश्कासन गरिएको नेशनल ईन्स्टिच्युट फर ईन्टरनेशनल एजुकेशनले बताएको छ l

समाचार एजेन्सी कोरिया टाइम्सका अनुसार आईतबार सिओलको खाङ्दोङ्गमा रहेको एक स्कूलमा कोरियन भाषा प्रविणता परिक्षा (टपिक) दिने क्रममा उनिहरुले परिक्षा हलमा निशेध गरिएका विधुतिय सामाहरुको प्रयोग गरी चिटिङ गरेको भेटिएपछी उनिहरुको परिक्षा रद्द गरिएको थियो ।

यसरी परिक्षा रद्व गरिएका २९ जना मध्ये १३ जना चिनिया नागरिक,९जना भियतनामी नागरिक,२ जना काजकिस्थान ,२ जना जापानी र २ जना कोरियन नागरिक समेत रहेको बताइएको छ l

परिक्षा समितिका अनुसार उनिहरुले दिएको परिक्षा रद्द हुनुका साथै उनीहरुमाथि कानुन अनुसार कारवाही समेत हुने छ l

प्रतिक्रियाहरू