भ्रष्ट्राचारको आरोप लागेका कोरियाका पूर्व राष्ट्रपति रो थे -वू को ८८ बर्षको उमेरमा निधन

235

दक्षिण कोरियाका पूर्व राष्ट्रपति रो थे -वू को ८८ बर्षको उमेरमा निधन भएको छ l उनि दक्षिण कोरियामा प्रत्यक्ष निर्वाचन बाट बिजयी हुने पहिलो राष्ट्रपति हुन् l
रो थे -वू सन १९८८ देखि सन १९९३ सम्म दक्षिण कोरियाका राष्ट्रपति भएका थिए। उनि कोरियामा प्रजातान्त्रिक अगुवा मानिन्छन l
केहि समयअघि देखि बिरामी परेर अस्पताल भर्ना भएका उनलाई मंगलवार मृत घोषणा गरिएको थियो l सन १९८७ मा देशभर लोकतान्त्रिक आ’न्दोल’न सुरु भएपछि उनले जनताको मागलाई सम्बोधन गर्दै चुनाव भएको थियो। उक्त चुनावमा उनले जित हासिल गर्दै कोरियाको प्रजातान्त्रिक प्रणालीमा जनताद्वारा प्रत्यक्ष रुपमा चुनिएका पहिलो राष्ट्रपति बन्न सफल भएका थिए ।

उनको समयमा दक्षिण कोरियाको अर्थतन्त्रमा निकै सुधार आएको थियो l उक्त समयमा आन्तरिक उत्पादन बृद्वी भै प्रतिब्याक्ति आए दोब्बर भएको थियो । उनकै समयमा कोरियाले सन १९८८ मा समर ओलम्पिक सफलतापुर्वक सम्पन्न गरेको थियो। उनकै समयमा दक्षिण र उत्तर कोरिया दुबैले संयुक्त राष्ट्र संघको सदस्यता समेत लिएका थिए । त्यसैगरी सोभियतसंघ संग पनि राम्रो सम्बन्ध  बढाएका थिए l
सन १९९६ मा उनलाई भ्रष्टचार र १९७९ को शैनिक  दमनमा दोषि ठहर गरि दक्षिण पश्चिम शहर ख्वाङ्जूबाट सुरु भएको १९८० को प्रजातान्त्रिक आन्दोलन दबाएको भन्दै १७ बर्ष जेल सजाय तोकिएको थियो। उनलाई २ सय ६० बिलियन वन ज’रि’वा’ना समेत सुनाईएको थियो। तर सन १९९७ मा तात्कालिन राष्ट्रपति किम योङ सामले उनको स’ज’या मा’फ गरिदिएका थिए ।

प्रतिक्रियाहरू