सोनसिकले फुटसल-२०२१ देजनमा गर्दै

285

यहि अक्टोबर ३१, आईतबारका दिन नेपाली विधार्थी समाज दक्षिण कोरीया (सोनसिक) ले देजनमा फुटसल-२०२१ आयोजना गर्दै छ। आयोजकले देजनमा हुनलागेको फुटसलको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ।

कोरोनाको प्रभाव अझै रहेकोले निकै धेरै सहभागीता गराउने ईच्छा हुदाहुदै पनि जम्मा ६ वटा टिम मात्रै सहभागी गराएको छ।

खेलाडिहरुलाई सुहाउदो विहानिको पोषिलो नास्ता तथा नेपाली स्वदको दिवा भोजनको ब्यवस्था मिलाईएको छ। यसपटक पुरस्कारको रासी बढाएर प्रथम हुनेलाई नगद पांचलाख कोरीयन वन, ट्रफि, मेडल र प्रमाण पत्र दिदै छ। त्यसैगरी उपविजेतालाई नगद तिनलाख कोरीयन वन, ट्रफि, मेडल र प्रमाण पत्र दिदै छ। थप, उत्कृष्ठ खेलाडिलाई १ लाख वन, उत्कृष्ठ गोल किपरलाई १ लाख वन र फाईनल खेलको उत्फृष्ठलाई ५० हजार वन दिदै छ।

सोनसिक १८औ कार्यसमितिले “हामी सबैको आशा, सोनसिक सबैको साझा” भन्ने भाव सहित सबैलाई जोड्न “सोनसिकमा सबैको आबद्धता, विनम्रताको झुकाव हाम्रो प्रतिबद्धता” जस्ता नारा बोकि कार्य गरिरहेको छ।

खेलकुदका मार्फत आपसि भाईचार बढ्ने र सबैलाई समेट्न सक्ने हुदा सम्पूर्ण खेलप्रेमिहरुलाई आफ्नो ठांउबाट सहयोग पुर्याउन अनुरोध गरेको छ।

प्रतिक्रियाहरू