कोरियाको ह्वासंङमा तिहार बिसेष देउसी भैलो कार्यक्रम सम्पन्न

287

कोरियाको ह्वासङमा रहेको नेपालीहरुको संस्था ह्वासंग नेपाली परिवार दक्षिण कोरियाले तिहारको अवसर पारेर देउसी- भैलो तथा बिबिध कार्यक्रमको आयोजना गरेको छ l


गत शनिबार ह्वासंगको फारान स्थित 화성시의국인복지센터मा आयोजना गरिएको उक्त कार्यक्रममा उल्लेखनीय नेपालीहरुको उपश्थिति रहेको थियो l कार्यक्रममा नेपालको संस्कृति झल्किनेगरि देउसी भैलो तथा बिबिध संस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो l


चाडबाडको बेला प्रवासमा रहदा कसैलाई पनि निरास हुन नपरोस भन्ने उदेश्यका साथ जमघट तथा उक्त कार्यक्रमको आयोजना गरिएको ह्वासंग नेपाली परिबारका अध्यक्ष कमान सिंह राइले बताउनु भयो l उक्त संस्थाले बिगत देखिनै चाडबाडको बेला बिसेष कार्यक्रमहरु गर्दै आइरहेको छ l

प्रतिक्रियाहरू