कामना सेवा बिकास बैंकद्वारा वार्षिकोत्सवको अवसरमा बृक्षारोपण कार्यक्रम सञ्चालन

121

कामना सेवा विकास बैंक लिमिटेडले १५औँ वार्षिक उत्सवको अवसर बृक्षारोपण कार्यक्रम सञ्चालन गरेको छ । कपिलवस्तुस्थिति गोरुसिङे शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत बुद्धभुमि नगरपालिकाको वडा नं–१ स्थित नरसाङ्ग मन्दिर टिक्कर बसन्तपुरमा बृक्षारोपण सञ्चालन गरिएको हो ।

बैंकका शाखा प्रमुख कृष्ण प्रसाद पन्थीका अनुसार बृक्षारोपण कार्यक्रममा श्रीखण्ड, रुद्राक्ष, अगरुढ र बोधिचित्त जस्ता धार्मिक बोटबिरुवा रोपिएको छ । बृक्षारोपणमा बैंकका कर्मचारी , चन्द्रौटाका शाखा प्रबन्धक यज्ञ मुर्ति लुइँटेल, मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष राम प्रसाद अधिकारी लगायत स्थानीय बासिन्दा सहभागी भएका थिए । यस्तै बैंकले वार्षिकोत्सवको अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तर्गत बुटवलमा आगामी शनिबार रक्तदान कार्यक्रमको आयोजना समेत गरेको छ ।

यस अघि पनि वार्षिकोत्सवको अवसरमा बैंकले डस्टविन, माक्स बितरण र नेपाली सेनासँग सहकार्य गरेर गोरुसिङे बजारमा सरसफाइ कार्यक्रम गरेको थियो । यसैबीच देशभरका १३० साखा शाखा मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रियाहरू