दक्षिण कोरियाले ५२ घण्टा कार्यसप्ताह प्रणालीलाई परिमार्जन गर्ने

2158
Seou, South Korea city skyline at twilight.

दक्षिण कोरिया सरकारले विवादास्पद ५२ घण्टा कार्यसप्ताह प्रणालीलाई कार्य समयमा लचकता अपनाउने तयारि गरेको छ l

सन् २०१८ मार्चमा शुरू गरिएको प्रणाली अन्तर्गत रोजगारदाताहरूले ओभरटाइम काम प्रति हप्ता १२ घण्टामा सीमित गर्नुपर्ने हुन्छ ताकि ओभरटाईम काम गरेको कुल समय महिनामा ५२ घण्टा पुग्छ l

समाचार एजेन्सी योंघापा अनुसार परिमार्जन हुन लागेको उक्त संशोधनले कम्पनीहरूलाई साप्ताहिक मात्र नभई मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक आधारमा ओभरटाइम व्यवस्थापन गर्न अनुमति दिनेछ ताकि रोजगारदाताहरूले धेरै कामको बोझ भएका हप्ताहरूमा बढी घण्टा र कम काम भएको हप्ताहरूमा कम घण्टा छनौट गर्न सक्नेछन् ।संशोधनले प्रत्येक कार्य दिनको बीचमा ११ घण्टाको लगातार विश्राम अवधिको ग्यारेन्टी पनि गर्ने छ l

यसले कम्पनीहरूलाई अधिकतम साप्ताहिक कार्य घण्टा बढाएर ६९ पु¥याउन सक्नेछ भने औसत काम घण्टा ५२ घन्टाको सीमाभित्र राख्नेछ ।

नयाँ संसोधन अनुसार सरकारले नयाँ सब्बेटिकल महिना प्रणाली पनि अपनाउने छ जसमा कामदारले ओभरटाइम काम गर्ने घण्टालाई भुक्तान बिदा दिनको रूपमा बचत गर्न सक्छ, ताकि उनीहरूलाई वार्षिक भुक्तान बिदाका दिनहरूसंग लगातार प्रयोग गर्न सकोस ।

“उक्त संसोधन योजनाले कामदारहरूलाई विभिन्न कार्य घण्टा प्रणालीहरू, जस्तै चार-दिनको कार्य हप्ता र एक विश्राम महिनाको साथ लाभान्वित गर्नेछ, जबकि कम्पनीहरूलाई उनीहरूको जनशक्ति व्यवस्थापन गर्न मद्दत गर्नेछ,” श्रम मन्त्री ली जियोङ-सिकले एक प्रेस ब्रीफिंगमा भने ।

५२ घण्टा कार्य हप्ताको कारण समयसीमा उत्पादनको मागलाई पूरा गर्न कठिनाइ पर्ने गुनासो तथा व्यावसायिहरुको अनुरोधमा परिवर्तन हुन लागेको बताएको छ l
सरकारले आगामी जुन जुलाईमा राष्ट्रिय सभामा अनुमोदनका लागि पठाउनुअघि संशोधनबारे आफ्नो राय पेश गर्न जनतासँग ४० दिनको समय तोकेको छ l

यधपी उक्त संशोधनको प्रस्तावको प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टी र साना विपक्षी दल जस्टिस पार्टीले भने कडा विरोध गरेका छन ।