छन्त्याल परिवार दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन , अध्यक्षमा तिलक घरब्जा छन्त्याल

मिति २०२३-१०-०१ मा सम्पन्न छन्त्याल परिवार दक्षिण कोरियाको अनलाईन माध्ययमवाट गरिएको बैठकवाट तिलक घरब्जा छन्त्यालको नेतृत्त्वमा नयाँ कार्यसमितिको चयन भएको छ। कार्यक्रममा बोल्दै रतन छन्त्यालले विगत लामो समयदेखि स्थापना भएको छन्त्याल परिवार द. कोरियामा थप उल्लेख्य रुपमा छन्त्याल जातिको भाषा संस्कृतिको संरक्षणको लागि नयाँ कार्यसमितिले अभूतपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरेका थिए । त्यसैगरी निवर्तमान अध्यक्ष अमर छन्त्यालले विविध कारणवश अधिवेशन रोकिएको र हाल नयाँ कार्यसमिति चयन गरी नेतृत्त्व हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउँदै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।
त्यसैगरी अध्यक्षमा निर्विरोध चयन भएपछि बोल्दै नवनिर्वाचित अध्यक्ष तिलक छन्त्यालले आफूमा छन्त्याल परिवार द. कोरियालाई अझ मजवुद ढंगले अगाडी बढाउनलाई चुनौति र अवसर सँगै रहेको तथापी सम्पूर्णको साथ र सहयोगमा चुनौतिलाई अवसरमा बदल्दै सफल भएरै छोड्ने वाचा गरेका थिए ।
नयाँ कार्यसमितिमा निम्नानुसार रहेका छन्:
अध्यक्ष :- तिलक घरब्जा छन्त्याल (कुईनेमंगले, म्याग्दीे)
व. उपाध्यक्ष :- जित तथप्जा छन्त्याल (गुर्जाखानी, म्याग्दी)
उपाध्यक्ष :- पवित्रा भलञ्जा छन्त्याल (गुर्जाखानी, म्याग्दी)
उपाध्यक्ष :- केरसिंह पोत्लाङ्गे छन्त्याल (बढिगाड, बाग्लुङ्ग)
महासचिव :- ईन्द्र भलञ्जा छन्त्याल (गुर्जाखानी, म्याग्दी)
सचिव :- राहुल घर्ति छन्त्याल (मश्चिम, म्याग्दी)
कोषाध्यक्ष :- तिर्थ भलञ्जा छन्त्याल (गुर्जाखानी, म्याग्दी)
सह कोषाध्यक्ष :- रीया छन्त्याल (निसिखोला)
सदस्यहरु –