उल्लेखनीय नेपालीहरुको उपस्थितिमा सम्पन्न भयो ह्वासङ नेपाली परिवार द्वारा आयोजित देउसी भैलो कार्यक्रम

300

दक्षिण कोरियाको ह्वासङ आसपासमा रहेका नेपालीहरुको साझा संस्था ह्वासङ नेपाली परिवार द्वारा गत आइतबार ह्वासङ बैदेशिक परामर्श केन्द्रमा आयोजित बृहत देउसी भैलो तथा तिहार बिसेष शुभकामना आदान प्रदान कार्यक्रम उल्लेखनीय नेपालीहरुको उपश्थितिमा सम्पन्न भएको छ l

नेपालमा तिहार सकिएपनि बिदेशमा बस्ने नेपालीहरुले चाडबाड मनाउन बिदाको दीन पार्नु पर्ने भएकोले गत आइतबार आफ्नै परिवार संग बसेर तिहार मनाए जसरि रंगोली बनाइ दिपावली गर्दै मैलिक परमपरामा देउसी भैलो खेल्दै रमाएर तिहार पर्वलाई बिदा गरेका थिए l

ह्वासङ आसपासमा बस्ने नेपालीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा सेलरोटी तथा नेपाली टिपिकल अचारका परिकार संग रमाउदै एकआपसमा शुभकामना गर्दै अत्यन्तै रमाइलो बातावरणमा रमाएर मनाइएको थियो l

कोरियाको ह्वासङ क्षेत्रमा सन २०१९ मा स्थापना भएको यस सस्थाले नेपालीहरुलाइ आइपरेका अफ्थ्यराहरुमा सहयोगको अलावा समय समयमा बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ l

चाडबाडको बेलामा हुने एक्लो पनलाइ हटाउन संस्थाले यसरि रमाइलो बातावरणको ब्याबस्था गरिदिएकोमा उपश्थित सम्पूर्ण नेपालीहरुले सस्थालाई बिसेष धन्यवाद दिएका थिए l