दक्षिण कोरियामा आएको विनाशकारी आँधीका कारण २ को मृत्यु १० जना बेपत्ता, हजारौ घरबार बिहिन

1155

कोरियाली प्रायद्वीपबाट मंगलबार बिहान आएको हिन्नामनोर आँधीका कारण देशको दक्षिणी क्षेत्रमा दुई जनाको मृत्यु, भएको छ भने १० जना बेपत्ता भएका छन l कोरियाली संचार माध्यमहरुका अनुसार शक्तिशाली हावाहुरी संगै भारि बर्षाका कारण बिभिन्न संरचनाहरु ध्वस्त हुदा हजारौ मानिसहरु घरबार बिहिन भएका छन l

उत्तरी ग्योङसाङ प्रान्तको पोहाङमा सबैभन्दा बढी क्षति भएको छ । दक्षिणपूर्वी बन्दरगाह क्षेत्रमा रातभर ४०० मिलिमिटरभन्दा बढी भारी वर्षा भएको छ ।

पोहाङ नगर अधिकारीहरुका अनुसार आज बिहान ६ बजेर ३० मिनेट जादा एउटा भवनको बेसमेन्टमा पार्किंग गरि राखेको कार निकाल्न जाने क्रममा ७ जना बेपता भएका छन l भवनको अन्डरग्राउण्ड पुरै पानीले भरिएकोले उनीहरुको अबस्था अझै पत्ता लाग्न नसकेको बताइएको छ l त्यसैगरी एउटा अर्को अन्डरग्राउण्ड पार्किंगमा प्रवेश गरेकी एक महिलाको अबस्था पनि अज्ञात छ l उल्सान क्षेत्रमा बाढीले बगाएका एक ब्याक्तिको अबस्था पनि अज्ञात छ भने पोहाङ क्षेत्रमै अर्का एक ब्याक्ति पनि हराइरहेको बताइएको छ l हराइरहेका मानिसहरुको खोजि कार्य तिब्र भैरहेको स्थानीय उद्वार टोलीले बताएको छ l


त्यसैगरी आफ्नो श्रीमान र छोरी संगै हिडेकी एक ७५ बर्षीय महिलालाई एक्कासी बाढीले बगाउदा आज बिहान ८ बजे मृत अबस्थामा भेटिएकी छन साथै ग्वाङ्जु क्षेत्रमा एउटा भवन भत्किदा पुरिएकी महिलालाई बिहान ११ बजे मृत अबस्थामा बाहिर निकालिएको आपतकालीन उद्वार टोलीले बताएका छन l

हिन्नामनोर आंधीका कारण बाढी र पहिरोको चपेटामा परेका २१ सय भन्दा धेरै घर परिवारका २९ सय ९ जनालाई सुरक्षित स्थानमा सारिएको छ भने हराइरहेका मानिसहरुको खोजि कार्य तिब्र भैरहेको बताइएको छ l

दक्षिण कोरियामा आएको यो बर्षको ११ औ टाइफुन हिन्नामनोर हाल दक्षिणी पूर्वी क्षेत्र उल्सान देखि उत्तर पूर्वी आइल्याण्ड उलियुंङ् हुदै मध्यरात सम्म जापानको साप्पोरो पुग्ने अनुमान कोरिया मौषम प्रशासन केएमएले गरेको छ l लामो गति लिदै जादा उक्त टाइफुन कमजोर हुदै जान सक्ने अनुमान पनि गरिएको छ l