कोरिया स्थित नेपाली दुतावास आईतबार पनि खुल्ने

267

कोरिया स्थित नेपाली राजदुतुवास अब देखि आईतबार पनि खुल्ने भएको छ। दूतावासले एक सुचना जारी गर्दै परिक्षणको रुपमा महिनाको एउटा आईतबार सुरुमा ५० जनाका लागि सेवा सुरुवात गर्न लागिएको साथै प्रतिक्रिया र परिणामको आधारमा सेवालाई अझ बिस्तार गरिने बताएको छ ।

यसअघि दुतुवास आईतबार खुल्ला नहुदां कोरियामा रहेका नेपालीहरुले सास्ती भोग्दै आईरहेका थिए। आईतबार राजदुतुवास खुलाउनका निम्ति नेपाल पत्रकार महासंघ लगाएत बिभिन्न संघ सस्थाहरुले पहल गर्दै आएका थिए। कोरियाको लागि नेपाली राजदुत महामहिम ज्योति भण्डारी प्याकुरेलको यो कदमलाई सकारात्मक रुपमा हेरिएको छ।

दुतुवासले १३ नोभेम्वर २०२२ आइतवारका दिन नेपाली राजदूतावास परिक्षणको रूपमा E-Passport का लागि खुला गर्ने बताउदैं सोही दिनको फारम भरि QR code Screenshot गरि राजदुतुवासको फेसबुक पेजको मेसेन्जरमा पठाउन अनुरोध समेत गरेको छ।